Type Here to Get Search Results !

परिचय

नेपाल आयल निगम लिमिटेडमा कार्यरत कर्मचारीहरुले आफ्नो सेवाबाट आर्जित पारिश्रमिक रकमबाट नियमित रुपले बचत गरी सेवामा रहदा वा अवकाश पश्चात जीवन निर्वाह सरलीकृत तथा स्वावलम्बी बन्न सकुन भन्ने भावना राखि सदस्यहरुमा छरिएर रहेको स्रोत र साधनलाई एकीकृत गरी अन्तराष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुको आधारमा सञ्चालन गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासको लागि वि.स.२०६८ जेष्ठ २० गते हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (Hamro Karmachari Saving & Credit Co-operative Ltd)  को विनियम २०६७ तर्जुमा गरी दोस्रो प्रारम्भिक भेलाले सर्वसम्मत पारित गरी यो संस्था डिभिजन सहकारी कार्यालय काठमाडौमा मिति २०६७ अषाढ ८ गते दर्र्ता भई विधिवत रुपमा सञ्चालनमा आएको हो । 

कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र नेपाल आयल निगम लिमिटेडमा आवद्ध (कार्यरत तथा अवकाश प्राप्त) कर्मचारीहरु भित्र सिमित रहनेछ । 

यसको सदस्यता प्राप्त गर्नका लागि नेपाल आयल निगम लिमिटेडको कार्यक्षेत्रमा कार्यरत वा पूर्व कर्मचारी र निजका परिवार ( माता, पिता, श्रीमान्, श्रीमती, छोरा, छोरी र कानुनले तोके बमोजिमका परिवार सदस्य) हुने नीतिगत व्यवस्था छ ।

सहकारीको सिद्धान्त
• श्वेच्छिक तथा खुल्ला सदस्यता
    Voluntary & Open Membership
• सदस्यहरुको आर्थिक सहभागिता
    Member Economy Participation
•शिक्षा, तालिम र सूचना
    Education, Training, & Information
• समुदाय प्रति चासो
    Concern For Community
• सदस्यहरुलाई प्रजातान्त्रिक नियन्त्रण
    Democratic Member Control
• स्वायतता र स्वतन्त्रता
    Autonomy & Independence
•सहकारीहरु बीच पारस्परिक सहयोग
    Cooperation Among Cooperative

Post a Comment

0 Comments