Type Here to Get Search Results !

हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न !!

0


नेपाल आयल निगमका बहालवाला कर्मचारी, पूर्व कर्मचारीहरुको संगम स्थलको रुपमा रहेको हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेपाल आयल निगमको हवाई इन्धन डिपो, सिनामंगलमा आयोजित कार्यक्रमको सभापतीत्व यस सहकारी संस्थाकी अध्यक्ष विनी श्रेष्ठ ज्यू ले गर्नु भएको थियो । उक्त सभामा नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक ई.उमेश प्रसाद थानी ज्यू र लामो समय निगमको नि. कार्यकारी निर्देशक समेत भई कार्य गरी हाल अवकाश हुनु भएका ई.सुशील भद्मराई ज्यूको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा द्धय व्यक्तित्वले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समूद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका, सहकारी विभागका प्रतिनिधीलाई प्रमूख अतिथीको रुपमा आमन्त्रण गरे पनि कसैको उपस्थिती हुन सकेन साथै यस संस्थाका वरिष्ठ सल्लाहकार सि.ए.नागेन्द्र साह ज्यू (हाल निगमका नि. कार्यकारी निर्देशक) कार्य व्यस्तताका कारण उपस्थित हुन सक्नु भएन ।

कार्यक्रममा निगमका पूर्व कर्मचारी एवं सहकारीका पुर्व अध्यक्ष श्री भैरव खड्का, पूर्व अध्यक्ष श्री योगराज कोईराला, पूर्व अध्यक्ष कमल प्रसाद शर्मा, निगमको योजना प्रशासन तथा मानव संशाधन विकास विभागका निर्देशक निर्मला आचार्य, हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमूख प्रदिप कुमार यादव, लेखा परिक्षक सन्तोष पौडेल र महेश पराजुली, संस्थाका सल्लाहकारहरु राम प्रसाद पाठक, सुन्दर श्रेष्ठ, छविलाल अगस्तीले आतिथ्यता ग्रहण गर्नु भएको थियो । जागिरे जीवनमा हुने पदीय, वर्गिय र विभागिय विभाजन तथा अवकाश वा वर्हिगमनपछि सकिने सम्वन्ध र दुरतालाई मेटाई सम्पूर्ण कर्मचारी वर्ग र पारिवारीक सदस्यहरु समेतको जमघटबाट कर्मचारी वर्गमा सधै मैत्रीभाव, एकता र सदभाव कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक एकिकरण गर्नु यस संस्थाको मूल उदेश्य रहेको छ ।

यो संस्थामा हालसम्म करिव १५० जना कर्मचारी शेयर सदस्यका रुपमा आवद्ध भई आज (मिति २०८० पौष २८ गते शनिवार) सम्पन्न साधारण सभामा करिव ८७ जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । हाल यस सहकारी संस्थाको कार्यसमितिमा श्री विनी श्रेष्ठ अध्यक्ष, श्री इन्दु शर्मा उपाध्यक्ष, श्री शान्ती शर्मा कोषाध्यक्ष लगायतका सदस्य रहनु भएको छ ।































Post a Comment

0 Comments