नेपाल आयल निगम लिमिटेडका पूर्व कर्मचारी देखि वहालवाल कर्मचारीहरु बीच आत्मीयता, सदभाव, एकता तथा पारिवारीक जमघट समेत गर्ने थलोको रुपमा रहेको यस सहकारीले कर्मचारीहरुको सानो सानो पूँजी र बचत संकलनबाट कर्मचारीहरुलाई आईपर्ने सानोतिनो आर्थिक समस्याको गाँठोलाई फुकाउदै आईरहेको छ । यसले विधानतः गर्ने कार्य पनि नियमित रुपमा गर्दै आउनुको साथै विभिन्न समयमा कर्मचारी (शेयर धनी) हरुलाई पुर्नताजकिका काम समेत गर्दै आईरहेको छ । यसै उपलक्ष्यमा हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयरधनी महानुभावहरुका लागि हिजो (मिति २०८० फाल्गुण १९ गते शनिवार) बनभोज कार्यक्रमको सम्पन्न गरेको छ ।
उक्त बनभोज कार्यक्रम Naava Resort & Retreat Pvt Ltd. शिवपुरी ३ बुढानिलकण्ठमा सम्पन्न गरिएको हो । भौगोलिक रुपमा काठमाडौं भन्दा उच्च ठाउँ जहा प्राकृतिक रुपले भरिपूण र सुन्दर तथा काठमाडौं उपत्यकालाई समेत उच्च स्थानबाट राम्ररी अवलोकन गर्न सकिन उक्त स्थानमा रहेको अत्यन्तै सुन्दुर विजय चैत्य (गुम्बा) को समेतको सामूहिक अवलोकन गरियो ।
सो कार्यक्रममा आमन्त्रीत अधिकांश शेयर धनी महानुभावहरु तथा नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डीका भट्ट सरको समेत उत्तराद्धमा उपस्थिती रहेको थियो । उक्त बनभोज कार्यक्रममा विभिन्न खेल, सांगीतिक नाँचगान तथा प्रहसन समेत प्रस्तुत गरिएको थियो । खेल कार्यक्रममा उत्कृष्ट प्रतियोगीहरुलाई कार्यकारी निर्देशक डा चण्डीका भट्ट ज्यूको हातबाट नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।