नेपाल आयल निगम लि.का कर्मचारीहरु सम्वद्ध हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मिति २०८१ पौष ६ गते शनिवार आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय, टेकुको सभा कक्षमा सम्पन्न उक्त वार्षिक साधारण सभाको सभाध्यक्ष यस संस्थाका अध्यक्ष तथा नेपाल आयल निगम लि.गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक श्री बिनी श्रेष्ठ ज्यूले गर्नु भएको थियो । सो सभालाई नेपाल आयल निगम लि. का पूर्व कार्यकारी निर्देशक ई. उमेश प्रसाद थानी ज्यू र निगमका पूर्व नायव कार्यकारी निर्देशक (करिव १५ महिना नि. कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहनु भएको) ई.सुशील भट्टराई ज्यूले संयुक्त रुपमा पानसमा दिप प्रज्जवलन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल आयल निगमको कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट ज्यू लाई प्रमूख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो तथपी निगमको अमलेखगञ्ज पाईपलाईन परियोजनाको कामको सिलसिलामा एक्कासी जानु परेकोले उहाँको उपस्थिती रहन सकेन । कार्यक्रममा विशेष अतिथीको रुपमा आमन्त्रीत निगमका पूर्व कार्यकारी निर्देशक श्री उमेश थानी ज्यू र पूर्व नि.कार्यकारी निर्देशक श्री सुशील भट्टराई ज्यूले आशन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा यस संस्थाका वरिष्ठ सल्लाहकार तथा निगमका नायव कार्यकारी निर्देशक (अर्थ/प्रशासन) सि.ए. नागेन्द्र साह, निगम अर्थ विभागका नि. निर्देशक श्री नव विनोद पोखरेल, पूर्व अध्यक्षहरु श्री योगराज काईराला, श्री कमल प्रसाद शर्मा, श्री भैरव खड्रका सल्लाहकारहरु श्री सुन्दर श्रेष्ठ, श्री छविलाल अगस्ती, लेखा परिक्षक द्धय सी.ए. श्री कृष्णहरी बुढाथोकी र श्री बासुदेव डल्लाकोटी लगायतले आशन ग्रहण गर्नु भएको थियो ।
साधारण सभामा उपस्थित विशेष अतिथी तथा शेयर सदस्य महानुभावहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष श्री इन्दु शर्माले शुभ कामना मन्तव्य राख्नु भएको थियो । खुल्ला सत्र तथा वन्द सत्र एउटै रुपमा संचालन गरिएको उक्त साधारण सभामा यस संस्थाका अध्यक्ष श्री बिनी श्रेष्ठ ज्यूले प्रस्तुत गर्नु भएको आ.व. ०८०।०८१ वर्षिक प्रगती प्रतिवेदन, लेखा समिति संयोजक श्री उपेन्द्र नेपालले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन सर्व सहमत रुपमा अनुमोदन गरिएको थियो ।
कार्यक्रममा मन्तव्यका क्रममा निगम अर्थ विभागका नि.निर्देशक श्री नव विनोद पोखरेलले संस्था स्थापनाको ऐतिहासिक पृष्टभुमी वारे प्रकाश पार्नु भएको थियो भने पूर्व अध्यक्ष श्री योगराज काईरालाले पनि आफ्नो कार्यकालमा गरेका गतिविधिको वारेमा चर्चा गर्नु भएको थियो । यस संस्थाका वरिष्ठ सल्लाकार निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साह सरले संस्था स्थापनमा आफ्नो पनि योगदात रहेको र यति पुरानो संस्थामा शेयर सदस्यहरुको कमीलाइ बढाउदै लैजान शुझाव समेत दिनु भयो । साधारण सभाको अन्त्येमा विशेष अतिथीको रुपमा आमन्त्रीत पूर्व नायव कार्यकारी निर्देशक इ. सुशील भट्टराई ज्यू र निगमका पूर्व कार्यकारी निर्देशक इ. उमेश थानी ज्यूले सभालाई सम्वोधन गर्ने क्रममा यसलाई अझ बृहत बनाएर लैजान यसमा हाल नजोडिनु भएका पूर्व कर्मचारीहरुलाई समेत जोड्न र हालका कार्यकारी निर्देशक ज्यूलाई पनि समेटेर अगाडी बढ्न जोड दिनु भयो । पन्ध्रौ वार्षिक साधारण सभाको समापन संस्थाका अध्याक्ष श्री बिनी श्रेष्ठ ज्यू (गुणस्तर नियन्त्रण तथा अनुगमन विभाग – निर्देशक) ले गर्नु भएको थियो ।
संस्थापक मध्येका एक जना श्री राजु पौडेलका अनुसार श्री जयराज आचाय (पूर्व निर्देशक), श्री नेत्र प्रसाद काफ्ले (पूर्व निर्देशक) श्री तुल्सी प्रसाद वास्ती, श्री राम प्रसाद पाठक, बच्चु कुमार काफ्ले, रमेश कुमार थापा, राम औतार राय, नवराज विष्ट, भरत विक्रम पाण्डे, रेखा शर्मा, कोकिला सत्याल लगायत मिलेर वि. स. २०५७ सालतिर सबैले सानो सानो रकम संकलन गरेर साथीभाइहरुमा परेको अफ्ठ्यारो टार्ने सोचका साथ सानो कोष खडा गरी कोषको रकम बढाउदै लगियो । यस कोषलाई हाम्रो कर्मचारी बचत कोष रुपमा स्थापना गरी सोही कोषमा जम्मा भएको रकमबाट कोष योगदातकर्ता सदस्य साथीभाईबीचमा थोरै व्याजदरमा ऋणको रुपमा उक्त कोष परिचालन गर्न थालियो । कर्मचारीको रुपमा कम्पनी खोलेर अन्य काम गर्न पनि नपाईने तर साथीभाईहरुबीच केही त गरौ भन्ने सबैको मनसुवा हुँदो हाम्रो कर्मचारी बचत कोषमा करिव २२ लाख जम्मा भएपछि बहुउदेश्यीय सहकारी दर्ता गर्ने र आर्गानिक तरकारी तथा खाद्यान्न आपूर्ति गर्ने गरी संञ्चालन गर्ने सोच सोचका साथ तत्कालिन डिभिजन सहकारी कार्यालयमा बहुउदेश्यीय सहकारी दर्ता गर्न जाँदा त्यस समयमा बहुउदेश्यीय सहकारी दर्ता रोकेकोले वि २०६७ सालमा हाम्रो कर्मचारी बचत कोषलाई हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रुपमा दर्ता गरी विधिवत शुरुवात भएको हो। पन्ध्रौ वार्षिक साधारण सभामा यस सहकारी संस्थाको एतिहासिक पृष्टभुमी बारे जानकारी गराउनु हुदै श्री नव विनोद पोखरेल ज्यू.... यस पछि क्रमशः पूर्व अध्यक्ष श्री योगराज कोईराला, सी.ए. नागेन्द्र साह, इ.सुशील भट्टराई र इ. उमेश थानी ज्यू को मन्तव्य..