Type Here to Get Search Results !

कर्मचारीहरुको सहकारीमा यसरी गरियो रमाईलो...

0

 हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मिति 2082 जेष्ठ १० गते शनिवारका दिन बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पूर्व कार्यकारी निर्देशक देखि बहालवाला कार्यकारी निर्देशकसम्म सदस्य भएको यस सहकारीले Urban Farm Resort टोखा काठमाडौंमा आयोजना गरिएको उक्त बनभोज कार्यक्रममा निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट, पूर्व कार्यकारी निर्देशक इ.उमेश प्रसाद थानी, पूर्व नि. कार्यकारी निर्देशक इ. सुशील भट्टराई, नायव कार्यकारी निर्देशक सी.ए. नागेन्द्र साह (अर्थ /प्रशासन), नायव कार्यकारी निर्देशक विरेन्द्र गोइत (बजार व्यवस्था), निर्देशक पुर्ण प्रसाद रिजाल (आपूर्ति तथा वितरण विभाग), निर्देशक निर्मला आचार्य (योजना प्रशासन तथा मानव संसाधन विकास विभाग), यस संस्थाका अध्यक्ष तथा निर्देशक बिनी श्रेष्ठ (गुणस्तर नियन्त्रण तथा अनुगमन विभाग) लगायतका बहुसंख्यक कर्मचारी सदस्यहरुको उपस्थितीमा रहेको थियो।उक्त कार्यक्रममा नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघका अध्यक्ष मधुमास कोविद पुन र स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष बिकास बखती समेत उपस्थित हुनु भएको थियो । अन्तिम समयसम्म भए पनि आउने बचन दिनु भएका नायव कार्यकारी निर्देशक दिपक बराल (संस्थागत मामिला) र निर्देशक विनितमणी उपाध्याय (इन्जिनियर परियोजना तथा सूचना प्रविधि विकास विभाग) कार्य व्यस्तताका कारण उपस्थित हुन सक्नु भएन । 

बिहान करिव १०:०० बजे रिसोर्टमा जम्मा भई चण्डेश्वरी मन्दिर टोखा, टोखाको झोरमा रहेको बौडेश्वर महादेशसँगै रहेको मनमोहक झरना, गुफाका साथमा प्राकृतिक दृष्य अवलोकन गर्दै सपनातिर्था मन्दिरको समेत अवलोकन गरी पुन: रिसर्टमा फर्केर खानपान सहित लाईभ म्यूजिक तथा सांगितिक प्रस्तुतीका साथमा रमाइलो नाँचगान गरियो।अवकास प्राप्त कर्मचारी देखि हाल कार्यरत कर्मचारी, पूर्व कार्यकारी निर्देशक देखि बहालबाल कार्यकारी निर्देशक, उच्च व्यवस्थापन तहदेखि सहायक स्तरका कर्मचारीहरु तथा कर्मचारी परिवार बीच आत्मियता, सौहार्दता, कर्मचारीहरु बीच भावनात्मक एकता तथा समग्रमा सामाजिक तथा सांस्कृतिक एकिकरण गर्ने मूल उदेश्यका साथ स्थापना भएको यस सहकारीमा पछिल्लो समय कर्मचारीहरुको आक्रर्षण बढदो छ ।

Arban Farm Resort मा  खिचिएका केही रमाईला तस्विरहरु:


































चण्डेश्वरी मन्दिर दर्शन गर्दाका केहि मनाेरम तस्विरहरु:










टोखा झाेरकाे झरना तथा गुफा अवलोकन गर्दाका केहि संग्रणिय तस्विरहरु:
























                                   फर्कदा सपना तिर्थामा  कैद गरिएका केहि तस्विरहरु:















केहि मिश्रित तस्विरहरु:


































प्रतिकृयाको अपेक्षा सहित धर्यतापूवर्वक हेरिदिनु भएकोमा हार्दिक धन्यवाद !




Post a Comment

0 Comments