Type Here to Get Search Results !

१६औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न..

0

  प्रमूख अतिथि डा. चण्डिका भट्ट ज्यू मार्फत पानसमा दीप प्रज्जवलन गरेर कार्यक्रम समुदघाटन गर्नु हुदै..



सामूहिक तस्विरहरु...

साधारण सभामा धैर्सयतापूर्वक रहनु भएका शेयर सदस्यहरु ज्यूहरु..

संचालक समितिका ७ सदस्यहरु..


हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले 16औं वार्षिक साधारण सभा यहि मिति 2082 पौष 27 गते आइतवारका दिन भब्यताका साथ सम्पन्न गरेको छ । नेपाल आयल निगमका कर्मचारी मात्र आबद्ध यस सहकारीको साधारण सभा निगमको नव निर्मित कर्पोरेट भवन बबरमहलको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतित्व यस संस्थाका अध्यक्ष बिनी श्रेष्ठ ज्यू (हाल निगमको योजना प्रशासन तथा मानव संसाधन विकास विभागको निर्देशक) ले गर्नु भएको थियो भने कार्यक्रमको समुदघाटन प्रमूख अतिथिका रुपमा रहनु भएका निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट ज्यूले पानसमा दीप प्रज्जवलन गरेर गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित प्रमूख अतिथि लगायत अतिथि तथा सम्पुर्ण शेयरधनी सदस्यहरुज्यूलाई संस्थाको तर्फबाट उपाध्यक्ष इन्दु शर्मा (उपनिर्देशक) ज्यूले स्वागत मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो । खुल्ला सत्र र बन्द सत्र एउटै रुपमा संचालन गरिएको उक्त साधारण सभामा यस संस्थाका अध्यक्ष बिनी श्रेष्ठ ज्यूले संस्थाको आ.व. 081/082 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने शेयरधनी सदस्य ज्यूहरुबाट उठेका जिज्ञासाहरुको समेत सम्बोधन गर्नु भएको थियो ।लेखा समितिका संयोजक उपेन्द्र कुमार नेपाल ज्यूले लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन र आ.व. 082।083 को अनुमानित आय, ब्यायको विवरण/बजेट समेत प्रस्तुत गर्नु भएको थियो ।साधारण सभामा प्रस्तुत दुबै प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो ।

विगत १ दशकदेखि संस्थागत विकासमा योगदान पुर्याए वापत यस सहकारी संस्थाका कर्मचारी नि. व्यवस्थापक रुपा कट्टेल ज्यूलाई उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै नगद रु ५,000 सहित सम्मान पत्र द्धारा सम्मानित गरिएको थियो । 


कार्यक्रममा निगमका नायव कार्यकारी निर्देशक (संस्थागत मामिला) पूर्ण प्रसाद रिजाल ज्यूले सहकारीहरुको पछिल्लो माहोललाई विचार गरेर संस्थाका सदस्यहरुको बचत तथा लगानी सुरक्षामा विशेष चनाखो हुन जोड दिदै संस्थाको उन्नति प्रगति तथा साधारण सभाको पूर्ण सफलताको कामना सहितको मन्तब्य राख्नु भएको थियो । अतिथिको रुपमा रहनु भएका निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट ज्यूले मन्तब्यको क्रममा संस्थालाई बृहत बनाउनका लागि सदस्यहरु र पुँजी बृद्धि गर्दै लैजानु पर्ने र त्यसका लागि सदस्यहरुलाई सहुलियतपूण कर्जा दिएर पनि पूँजी बृद्धि गर्न सकिने सुभाव दिनु भयो ।कार्यक्रमको अन्न्येमा यस संस्थाका अध्यक्ष बिनी श्रेष्ठ ज्यूले 16औं वार्षिक साधारण सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन गर्नु भएको थियो ।






















Post a Comment

0 Comments