Type Here to Get Search Results !

रमाईलो गरी वनभोज कार्यक्रम २०८३ सम्पन्न..

0
कर्मचारीहरुको सहकारीका रुपमा चिनिएको हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्ष पनि वनभोज कार्यक्रम रमाईलो गरी सम्पन्न गर्यो । वि.स. २०८३ बैशाख १९ गते शनिवार आयोजित वनभोज कार्यक्रम यसपाली गोदावरी न.पा. २ ललितपुर स्थित लाकुरी भञ्ज्याङको त्रिबेणी सामूदायिक वनमा आयोजना गरिएको हो । विगतका बर्षहरुमा काठमाडौं नजिकैका स्थानमा आयोजना गरिदै आएको वनभोज कार्यक्रम यस पालि भने आन्तरिक पर्यटन प्रबद्धन गर्न तथा शेयरधनीहरुलाई फरक अनुभुतीका साथ रमाईलो गराउन काठमाडौंबाट करिव २५ कि.मि. टाढा खुल्ला तथा प्रयावरणीय सन्तुनलले भरिपुर्ण, सुन्दर शान्त ठाउँमा तय गरिएको हो । वनभोज कार्यक्रममा हाइकिङ्ग तथा पदयात्रा, मनमोहन मेमोरियल पार्क एण्ड टावरबाट काठमाडौं उपत्यका लगायतका आसपासका ठाउँको रमणिय दृश्य अवलोकन, सुन्दर हरियाली बनजंगल तथा चिसो मिठो पवनको आनन्द र वन पैदावार ऐशेलु काफलको स्वाद लिई सहभागीहरु रमाइरहेको देखिन्थ्यो । कार्यक्रममा विविध मनरञ्जनात्मक खेल तथा सांगीतिक प्रस्तुतिका साथमा सामूहिक नृत्य सहित उक्त वनभोज कार्यक्रमलाई भरपुर रमाइलो गरि मनाईयो । उक्त कार्यक्रममा नेपाल आयल निमग लि. का कार्यकारी निर्देशक चण्डिका भट्ट, नायव कार्यकारी निर्देशक सि.ए. नागेन्द्र साह (अर्थ/प्रशासन), योजना, प्रशासन तथा मानव संसाधन विकास विभागका निर्देशक (यस संस्थाका अध्यक्ष) विनी श्रेष्ठ, पूर्व नि. कार्यकारी निर्देशक ई. सुशील भट्टराई लगायत पूर्व कर्मचारीहरुको समेत सहभागिता थियो।
0; text-align: center; ">

Post a Comment

0 Comments